काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की प्रहरी प्रधान कार्यालय तानिएका छन्। प्रहरी आचरण विपरित काम गरेको आरोप उनीमाथि लागेको छ।
उनलाई प्रहरी प्रधान कार्यालय तानेर जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा एसपी राजन लिम्बुलाई पठाइएको छ। लिम्बु प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए। आर्थिक रुपमा व्यावसायिकक आचरणविपरितका गतिविधिमा संलग्ननता देखिएपछि उनलाई फिर्ता गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
२०८० फागुन २ गते मोरङ सरुवा भएका कार्की ८ महिनामै फिर्ता भएका हुन्। प्रहरीमा सामान्यतः एक वर्षमा मात्रै इन्चार्ज सरुवा हुन्छन्।