बाढी,पहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो, १८ जना बेपत्ता

बाढी,पहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो, १८ जना बेपत्ता

काठमाडौं . अविरल वर्षाका कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी सोमबार दिउँसोसम्म २४६ जनाको मृत्यु भएको छ।

बाढी, पहिरोलगायतका विपदमा परी काठमाडौं उपत्यकामा ७० जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा १३९ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २४६ जनाको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ। 

विपदमा परी काठमाडौं उपत्यकामा ३७ जना, कोशी प्रदेशमा १४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ११५जना गरी जम्मा १७८ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ।  विपदमा परेका १७,१७४ जनाको उद्धार गरिएको छ। साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा नेपाली सेना र प्रहरीले गरिरहेको छ।