रोकिएन सेयर बजारको गिरावट

साताको पहिलो दिन नेप्से ५.१८ अंकले घटेर ११३०.७७ को बिन्दुमा रोकिएको छ । कारोबार खुलेदेखी नै घट्न सुरु गरेको नेप्से इन्डेक्स केही समय सम्हालिन खोजेपनी अन्तत घटेर बन्द भएको हो ।
साताको पहिलो दिन सबै भन्दा धेरै कारोबार गर्ने कम्पनीमा केहिदिन अघिमात्र प्रथम त्रैमासिक बित्तिय बिबरण प्रकाशित गरेको एन.आई.सि.एसिया बैक रहेका छन,त्यसैगरि दोस्रोमा सिवम सिमेन्ट कम्पनी रहेका छन । साताको पहिलो दिन सबै भन्दा धेरै कमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेसनको लगानीकर्ताले करिब १०प्रतिशतको हाराहारिमा कमाएका छन भने गुमाउनेमा सिवम सिमेन्टका लगानिकर्ताले करिब १० प्रतिशत कै हाराहारिमा गुमाएका छन।
१६३ ओटा कम्पनिको कारोबारबाट ३५ करोड ५१ लाख ५९ हजार ७ सय ६८ बराबरको सेयर किनबेच भएको छ। आज व्यापार र अन्य बाहेक समुह सबै घटेको छ ।
केही दिन अगाडि देखि सरकारमा मन्त्रीहरुको हेरफेरको बिषयमा हल्ला चलेपनी वास्तविक कुरो बाहिर नआएकोले लगानिकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको आकलन गरिएको छ ।