काठमाडौँबाट यात्रु लिएर विराटनगर जाँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना

काठमाडौँबाट यात्रु लिएर विराटनगर जाँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना

सिन्धुली । सिन्धुली हुँदै पूर्व मोरङतर्फ जाँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। 

काठमाडौंबाट मोरङका लागि छुटेको बा ५ ख ६६१८ नम्बर हायस बस सिन्धुलीको  कमलामाई नगरपालिका ८ सिस्नेरीमा दुर्घटना हुँदा १५ जान घाइते भएका सिन्धुली प्रहरीले जनाएको छ। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सिन्धुलीकन प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जाजकारी दिए ।

दुर्घटनाका घाइतेहरूलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानको घोपा पठाइएको प्रहरीले जनाएको छ। माइक्रो बसमा १९ जना सवार छन् । उनीहरूमध्ये चारजना सकुशल छन्। उनीहरूलाई अर्को बसमा गन्तव्यतर्फ पठाइएको सिन्धुली प्रहरीले जनाएको छ।