देशको अर्थतन्त्र अध्यारोबाट उज्यालोतर्फ अघि बढ्दैछ : अर्थमन्त्री खतिवडा

देशको अर्थतन्त्र अध्यारोबाट उज्यालोतर्फ अघि बढ्दैछ : अर्थमन्त्री खतिवडा

काठमाडौं:अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण हुने बताएका छन् । अर्थमन्त्री खतिवडाले देशलाई अत्याधिक ऋणको चापबाट मुक्त गराउन सरकारले कर नीति लिँदा केही अप्ठयारो भए पनि उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण बन्ने बताए ।

अर्थमन्त्री खतिवडाले देशको अर्थतन्त्र अध्यारोबाट उज्यालोतर्फ अघि बढिरहेकाले केही समस्या हुन सक्ने उल्लेख गर्दै त्यसलाई सल्ट्याउँदै लैजाने बाटोबाट सरकार अघि बढिरहेको बताए । अर्थमन्त्री खतिवडाले व्यवसायीहरुलाई देशप्रति जवाफदेही बनाउने गरी कर कानुन लागू गरिएको पनि दोर्होयाए ।