काठमाडौंबाट लमजुङ जान लागेको हायस शिवपुरीको चापकोटमा दुर्घटना

काठमाडौंबाट लमजुङ जान लागेको हायस शिवपुरीको चापकोटमा दुर्घटना

काठमाडौं । काठमाडौंबाट लमजुङ जान लागेको यात्रुबाहक हायस गाडी काठमाडौंको शिवपुरीका दुर्घटना भएको छ ।

नागढुंगा मुनि झ्याप्लेखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएकाले त्यो बाटोको विकल्पको रुपमा टोखा नुवाकोटको गँगटे हुँदै गल्छी जान लागेको हायस शिवपुरीमुनी चापाबोट भन्ने ठाउँमा दुर्घटना भएको हो ।

ग १ ख ४५३५ नम्बरको हायस दुर्घटना भएको हो । हायसमा चालक सहित १८ जना सवार थिए । दुर्घटनामा घाइते ११ जनालाई उपचारको लागि काठमाडौं लगिदै नुवाकोट प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धार जारी छ । थप विवरण आउन बाँकी छ ।