भारतसँग सम्वाद गर्न सक्ने हैसियत छ : प्रधानमन्त्री ओली

भारतसँग सम्वाद गर्न सक्ने हैसियत छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताए ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो भनाइ आएको हो । उनले कालापानीमा भारतीय सेना अघिल्लै शताब्दीमा बसेको पनि बताए । प्रधानमन्त्री ओलीले सरकार भारतसँग सम्वाद गर्न सक्ने हैसियतमा रहेको भन्दै संवादबाट समस्या हल गर्न सकिने बताए ।