नागढुंगा सुरुङमार्ग नजिक पहिरो, काठमाडौँ प्रवेश गर्ने मुख्य सडक अवरुद्ध

नागढुंगा सुरुङमार्ग नजिक पहिरो, काठमाडौँ प्रवेश गर्ने मुख्य सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै पहिरो खस्दा काठमाडौं–नौबिसे सडक अवरुद्ध भएको छ । नौबिसे झ्याप्लेखोला सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

शुक्रबार दिउँसो लेदोसहितको पहिरो खसेपछि नौबीसेतर्फको सुरूङमार्गको प्रवेशद्वारनजिकै सडक पूरै बन्द भएको हो  । पहिरो खसेपछि करिब एक घण्टादेखि राजमार्ग बन्द छ । जसकारकाण राजधानी पस्ने र बाहिरिने सयौँ सवारीसाधनको जाम लागेको छ ।

अझैसम्म पहिरो पन्छाउन डोजर नपुगेको स्थानीयले बताएका छन् । पहिरोले सडक धेरै माथिसम्म ढाकेले हटाउन समय लाग्ने अवस्था रहेको प्रत्यक्षदर्शी सन्तोष न्यौपाने उपाध्यायले बताएका छन् ।