त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेपछि थाइ एयरको विमान बाराको आकाशमा फन्को मार्दै

त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेपछि थाइ एयरको विमान बाराको आकाशमा फन्को मार्दै

काठमाडौँ । थाइ एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि बारा जिल्लाको आकाशमाथि फन्को मारिरहेको छ ।

खराब मौसमका बाबजुद विमानस्थलमा अवतरणको प्रयास गरेको विमानलाई ‘मिस एप्रोच’पछि पाइलटले ‘ओभरसुट’ गरी फर्काएका हुन् । त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता रिन्जी शेर्पाले उक्त विमान अवतरण गर्न नसकी फर्किएको बताए । ‘पाइलटलाई सहज लागेन भने मिस एप्रोच गर्छ,’ उनले भने, ‘अनुकूलता मिलाएर फेरि अवतरणको प्रयास हुन्छ ।’

यसअघि आजै कतार एयरलाइन्सको विमान पनि खराब मौसमका कारण निकैबेर ‘होल्ड’ भएको थियो ।