व्यायाम गर्नुअघि भुलेर पनि नखानुहोस् यी खानेकुरा

व्यायाम गर्नुअघि भुलेर पनि नखानुहोस् यी खानेकुरा

अहिले प्राय हामी सबैले बिहान,बेलुका व्यायाम गर्ने गर्छौ । यसकारण व्यायामपूर्व र व्यायाम पश्चात् के कस्ता खानेकुरा खानुहुन्छ या हुँदैन भन्ने विषयमा बुझ्न आवश्यक छ ।

आज हामी व्यायाम गर्नुअघि के–कस्ता खानेकुरा खानुहुन्छ या हुँदैन भन्ने सन्दर्भमा जानकारी गराउँछौ ।

व्यायाम गर्नुअघि दूध वा दुग्धजन्य पदार्थ खानु हुँदैन । दूध खाएर व्यायाम गर्दा बान्ता हुन सक्छ । अर्को बजारमा जथाभावी पाइने रोस्टेड फुड पनि वर्कआउटभन्दा अघि खान हुँदैन ।

यसको प्रयोगले शरीरको फ्लुइड ब्यालेन्स बिग्रन जान्छ । जसले एक्सरसाइजको पर्फर्मेन्सलाई कमजोर पार्छ । अन्डा प्रोटिनको राम्रो स्रोत हो । वर्कआउट गर्नुअघि अन्डा खानाले पर्याप्त इनर्जी मिल्दैन । यसका साथै प्रोटिन पच्न पनि समय लाग्छ । यसो हुँदा चाँडै थाक्ने समस्या हुन्छ ।

यसैगरी प्रोटिनजस्तै फाइबर पच्न पनि अलि बढी समय लाग्छ । त्यसैले, एक्सरसाइजभन्दा पहिले यस्ता खाद्यपदार्थ सेवन गर्नुहुँदैन ।

वर्कआउटभन्दा पहिला सुन्तला, अङ्गुर, कागतीजस्ता अमिला फल खानु हुँदैन । अमिलो खाँदा एक्सरसाइज दौरान मुटु दुख्ने समस्या हुन सक्छ ।