नेकपा सचिवालय बैठक बस्दै

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक आइतबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरिरहेका बेला सचिवालयको बैठक बस्न लागेको हो । अपरान्ह ४ बजे सचिवालय बैठक बोलाइएको नेकपा महासचिव बिष्णु पौडलले जानकारी दिए ।

नियमित एजेण्डामाथिनै छलफल हुने भन्दै उनले प्रधामनन्त्री तथा पार्टी अध्यक्ष ओली सबै नेताहरुसँग परामर्शमा रहेको बताए । नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओली लामो समय उपचारका लागि विदेश जानेबारे छलफल भइरहेको छ ।

प्रधानमन्त्री लामो समय अनुपस्थित हुँदा सरकारको काम कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा ईश्वर पोखरेलमार्फत अघि बढाइनेछ । प्रधानमन्त्री ओलीले केही दिनभित्रै मन्त्रिपरिषद पुनर्गठन गर्ने बताइएको छ ।