रामेछापको सुनारपानीमा बोलेरो दुर्घटना : १ जनाको मृत्यु, २ गम्भीर

रामेछापको सुनारपानीमा बोलेरो दुर्घटना : १ जनाको मृत्यु, २ गम्भीर

काठमाडौं । रामेछापको सुनारपानीमा बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थलीबाट सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो सुनारपानीमा दुर्घटना हुँदा ६० वर्षीया पदममाया नेपालीको मृत्यु भएको हो।

बोलेरोमा सवार यात्रुमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ। अन्य घाइतेको पनि उद्धार गरेर मन्थली अस्पतालमा पठाइएको छ। बोलेरो सडकबाट झण्डै २०० मिटर तल खसेको छ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ।