दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक

दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक

काठमाडौं । दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ । 

असोज ३  गते संविधान दिवसको दिन दरबारमार्गमा हुने सांगीतिक कार्यक्रमका लागि स्टेज बनाउने काम भइरहेकाले सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको हो । 

केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

सरकारले विभिन्न कार्यक्रमका साथ संविधान दिवस धूमधामले मनाउने तयारी गरिरहेको  बताइएको छ ।