कांग्रेसलाई भोट नदिए लोकतन्त्र धरापमा : प्रदीप पौडेल

कांग्रेसलाई भोट नदिए लोकतन्त्र धरापमा : प्रदीप पौडेल

पोखरा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनमा पनि नेपाली कांग्रेसलाई विजयी नगराए देशमा लोकतन्त्र धरापमा पर्ने बताएका छन् । आज कास्की क्षेत्र नम्बर २ मा पर्ने पोखरा महानगरपालिका वडा नम्बर १७ मा भएको कार्यक्रममा नेता पौडेलले अझै पनि जनताले नबुझेर अन्य पार्टीका उम्मेद्वारलाई मत दिए लोकतन्त्र धरापमा पर्ने बताएका हुन् ।

यस्तै उनले समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुपर्ने भए पनि सरकारले संरक्षण गरिराखेको बताए । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले कास्की क्षेत्र २ मा खेमराज पौडेल उम्मेद्वार बनाएर चुनावमा होमिएको छ ।