रवि लामिछानेले क्लिन चिट पाए, अरू ठगहरूको उजागर भयो : स्वर्णिम वाग्ले

रवि लामिछानेले क्लिन चिट पाए, अरू ठगहरूको उजागर भयो : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले पार्टीका सभापति रवि लामिछानेले क्लिन चिट पाएको दाबी गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै सहकारीबाट गोर्खा मिडियामा रकम ल्याउन रविको संलग्नता छैन भनेर छानबिन समितिले उल्लेख गरिसकेको बताए ।

उनले भने, ‘सहकारीबाट गोर्खा मिडियामा रकम ल्याउन सभापतिको संलग्नता छैन भनेर छानबिन समितिले उल्लेख गरिसकेको छ । रास्वपालाई क्षति गर्न सकिन्छ भनेर संसदीय समिति माग गरिएको थियो । त्यो आरोप पूर्ण रुपमा खारेज भएको छ । हाम्रो विमति भएमा नोट अफ डिसेन्ट लेखेर निस्कन्थ्यौ, हामीले हस्ताक्षर गरेर निस्किएका छौँ । रवि लामिछानेले क्लिन चिट पाउनुभएको छ । अब ठुलै ठगहरूको भने उजागर भएको छ ।’