विवाहपछि पनि आफूलाई कसरी फिट राख्ने ?

विवाहपछि पनि आफूलाई कसरी फिट राख्ने ?

विभिन्न शोधले देखाएको छ, विवाहपछि अक्सर महिला मोटाउँछन् । यसका अनेक कारण छन् ।  

विवाहपछि उनीहरुले आफुलाई घर-गृहस्थीमा लगाउँछन्, दैनिक जीवन बद्लिन्छ, विवाह वा प्रेमको तनावबाट मुक्त हुन्छन्, राम्री देखिनुपर्ने भन्दा पनि स्वास्थ्य रहनुपर्ने मानसिकता विकास हुन्छ ।

यस्ता अनेक कारणले महिलाहरु विवाहपछि मोटाउँछन् । तर आफ्ना लागि टाइमटेबल तथा सेड्युल तयार पारेर पनि यो समस्यालाई कम गर्न सकिन्छ ।

एउटा डायरीमा उक्त टाइमटेबल सेट गर्ने । त्यसमा दैनिक गरिने कार्य तथा खानेकुरा र त्यसमा भएको क्यालोरीको सुची बनाउने । –त्यसपछि प्रत्येक शनिवार उक्त डायरीलाई रिभ्यू गरेर यो साता के के गरे, के गरिन भनेर आफ्ना कमीकमजोरीलाई औँल्याउने ।

– बिहान बिहान जगिङ तथा वर्कआउट गर्ने। यसले शरीर फिट रहनुका साथै एक अर्कासित बढी भन्दा बढी समय व्यतीत गर्न सकिन्छ ।

– कसले पहिले तौल घटाउने भनेर एक अर्कालाई च्यालेञ्ज गर्ने । ।

– घरको काम मिलीजुली गर्ने । यसले एक्सरसाइज हुनुका साथै सम्बन्ध प्रगाढ बन्छ ।

– विवाहको छ महिना पछि नै ५-७ केजी वजन बढेमा त्यसलाई बिस्तारै कम गर्ने कोसिस गर्ने ।

– पार्टनरलाई तौल घटाउन उत्प्रेरित गर्नका लागि स्लिम देखिने लुगा किन्न प्रोत्साहित गर्ने ।

– ब्लड प्रेशर, सुगर लगायतका नियमित स्वास्थ्य परीक्षण गर्ने ।

– बच्चा हुँदैमा आफूलाई महत्त्वहीन नसम्झने ।