दार्चुलामा जिप दुर्घटना, १० जना घाइते

दार्चुलामा जिप दुर्घटना, १० जना घाइते

दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। गोकुलेश्वरबाट दार्चुलाको सदरमुकामतर्फ गइरहेको से १ ज १०२२ नम्बरको जिप जिल्लाको मालिकार्जुन गाउँपालिका७, धामीगाडामा दुर्घटना भएको हो। 

आज साढे १२ बजेतिर जिप अनियन्त्रित भई नालीमा खस्दा १० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्र रावतले बताए।

घाइते सबैको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। घाइतेहरूको परिचय खुलेको छैन। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।