चीनबाट फर्काइएका नेपालीलाई संसद भवनमा राखौं : प्रदीप यादव

चीनबाट फर्काइएका नेपालीलाई संसद भवनमा राखौं : प्रदीप यादव

काठमाडौं : समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनबाट उद्दार गरी ल्याउने नेपालीलाई राख्ने ठाउँ नपाए संसद भवन खाली गर्न प्रस्ताव गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सरकारले पाँच दिनदेखि नेपाली विद्यार्थीलाई राख्ने ठाउँ नभेटेको उल्लेख गर्दै सांसद यादवले भने ‘चीनबाट ल्याउने नेपाीलाई कहाँ राख्ने त ? सरकारले पाँच दिनदेखि लगातार खोजिरहेको छ तर तर ठाउँ नै पाएको छैन ।

कि हामी संसद भवन नै खाली गर्दिउँ त सभामुख महोदय ?’ उनले भने , ’संसद भवन खाली गरेर बाहिर पालमा संसद चलाउऔं ।’ उनले वुहानबाट ल्याइने विद्यार्थीलाई राख्न ठाउँ नभेटिए हायात होटल खाली गरेर राख्न सुझाव समेत दिए । उनले चीनमा रहेका विद्यार्थीलाई लिन जहाज कहिले उड्छ भनी प्रश्नसमेत गरे ।