बाढीले बगाउँदा बागलुङमा ३ जनाको मृत्यु [अपडेट]

बाढीले बगाउँदा बागलुङमा ३ जनाको मृत्यु [अपडेट]

बागलुङ । अविरल झरी र मध्यरातमा आएको बाढीले बगाएर बागलुङमा तीन जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका ५ को बान्द्रेमा गए राति साढे १२ बजे आएको बाढीले ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाउँदा स्थानीय २३ वर्षीय अर्जुन सापकोटा, स्थानीय २२ वर्षीय अविषेक रेग्मी र २० वर्षीय कमल सापकोटाको मृत्यु भएको हो । 

प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार बाढीले बगाएर तीन सय मीटर तल उनीहरुको शव भेटिएको थियो । दुई जनाको शव राति नै भेटिए पनि २० वर्षीय सापकोटाको शव शुक्रबार बिहानमात्रै भेटिएको हो । स्थानीयवासी र प्रहरी टोली खोजीमा सक्रिय थिए ।


बिहीबार बेलुकी ७ बजेदेखि निरन्तर वर्षा भएकोले उद्धारमा कठिनाइ भएको पौडेलले जानकारी दिए । शव पोस्टमार्टमका लागि धौलागिरि अस्पताल ल्याइएको छ ।