काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको बस दुर्घटना

काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको बस दुर्घटना

झापा । काठमाडौँबाट झापाको काँकडभिट्टा तर्फ जाँदै गरेको रात्री बस झापाको सुरुंगामा दुर्घटना हुँदा केही यात्रु घाइते भएका छन्। 

आइतबार बिहान करिब ६ बजे झापाको कन्काइ नगरपालिका ३ स्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश १–००६ ख ५७७१ नम्बरको विराट यातायातको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१– ००१ क ८८९ नम्बरको कन्काइ बहुमुखी क्याम्पसको बसलाई पछाडिबाट ठक्कर दिएपछि बस सडकबाट तल नालामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा केही यात्रु सामान्य मात्रै घाइते भएका छन्। बसमा ८ जना सवार थिए। दुर्घटनापछि प्रहरीले बसका चालक झापा घर भएका शंकरबहादुर खत्रीलाई पक्राउ गरेको छ।