भारतले कब्जा गरेको सन्दकपुरमा नेपालको राष्ट्रिय झन्डा फहराइयो

भारतले कब्जा गरेको सन्दकपुरमा नेपालको राष्ट्रिय झन्डा फहराइयो

इलाम : इलामको सन्दकपुर गाउँपालिका वडा न.४ मा भारतले अतिक्रमण गरेको भुमिमा नेपालको राष्ट्रिय झन्डा फहराइएको छ । सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु इलाम जिल्ला कमिटीले भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग प्रतिकार गरी नेपालको राष्ट्रिय झन्डा फहराएको हो । अनेरास्ववियूले नेपालीको राष्ट्रिय झन्डा फहराउन खोज्दा भारतीय सीमा सुरक्षा बलले रोक्ने प्रयास गरेको थियो ।

एसएसबीले रोक्ने प्रयास गरेपछि अनेरास्ववियूका नेता कार्यकर्ता र एसएसबीबीच सामान्य झडप समेत भएको थियो । केही समय अगाडि गांउपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाइ निर्माण अवरुद्ध गरि भारतले कब्जा गरेको थियोे ।

अनेरास्ववियूका नेता रबिन्द्र सुवेदीको नेतृत्वमा गएको टोलीले भारतद्वारा निषेधित क्षेत्र भनिएर लेखिएको बोर्ड समेत भत्काएर फालिदिएका छन् । कब्जा गरिएको जमिनमा राष्ट्रिय झन्डा फहराएपछि विधार्थीहरूले भारतिय विस्तारवाद मुर्दावाद भन्दै नाराजुलुस पनि गरेका थिए ।