भारतको न्यूनचापीय क्षेत्रको नेपालसम्म प्रभाव, यी स्थानमा भारी वर्षा

भारतको न्यूनचापीय क्षेत्रको नेपालसम्म प्रभाव, यी  स्थानमा  भारी वर्षा

काठमाडौं । देशका केही स्थानमा सोमबार (आज) दिउँसो भारी वर्षा भएको छ । चितवनका शक्तिखोर, कालीखोलालगायत स्थानमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

काठमाडौंमा पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए । “काठमाडौंमा विशेष गरी उत्तरी क्षेत्रमा भारी वर्षाको सम्भावना छ,” उनले भने ।

काठमाडौंमा केही स्थानमा वर्षा भइरहेको छ । विशेष गरी वाग्मती प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा गराउने प्रणाली विकास भएको उनले बताए । हालको मेघगर्जनरचट्याङसहित वर्षा गराउने प्रणाली लामो समय नरहने उनले स्पष्ट पारे । यस्तो प्रणाली दुईरतीन घण्टा कायम रहने उनले जानकारी दिए ।

“मेघगर्जनसहित यस्तो वर्षा गराउने प्रणाली धेरै समय हुँदैन,” उनले भने, “दुईरतीनरचार घण्टासम्म यसको प्रभाव रहन्छ ।”हाल नेपालमा मनसुनी वायुसहित वर्षा गराउने मिश्रित प्रणालीको प्रभाव रहेको उनले बताए । एकभन्दा बढी प्रणालीको प्रभाव देखिएको उनको भनाइ छ ।

भारतको गुजरात आसपास न्यूनचापीय क्षेत्र बनेको छ । बंगालको खाडीबाट नजिक पर्ने भारतकै झारखण्ड आसपास पनि अर्को न्यूनचापीय क्षेत्र बनेको छ । त्यसको समेत प्रभाव नेपालमा परेको मौसमविद् झाले जानकारी दिए ।