काठमाडौंको शंखमूलमा एक पुरुषको हत्या, को हुन् उनी ?

काठमाडौंको शंखमूलमा एक पुरुषको हत्या, को हुन् उनी ?

काठमाडौं । काठमाडौं महानगरपालिका–१०, शंखमूलमा एक पुरुषको हत्या भएको छ । आइतबार राति शंखमूलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

बान्तवाको शरीरमा घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

बान्तवाले काठमाडौँ महानगरपालिका-१० शंखमुलस्थित बागमती कोरिडोरको सुकुम्बासी बस्तीमा रहेको आफ्नै २ तले घरको भुइँ तल्लामा ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’ सञ्चालन गर्दै आएका थिए। 

उनको हत्या कसले र किन गर्यो खुलेको छैन। ‘घटनाका सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी बृत्त नयाँ बानेश्वरबाट आवश्यक अनुसन्धान भैरहेको छ,’ एसपी अधिकारीले भने।