काठमाडौं । लागुऔषध कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका एकजना विदेशी नागरिक ठूलो परिमाणमा लागुऔषध कोकिनसहित पक्राउ परेका छन्।
५ भदौमा कतार एयरलाइन्सको उडानबाट नेपाल आएका आइभरी कोस्टाका ३५ वर्षीय ख्ब्ःब्च्ब् प्इल्भ् १ किलो ८८ ग्राम कोकिनसहित पक्राउ परेका हुन्।
लागुऔषध नियन्त्रण ब्युरोले कोकिनका ६९ वटा क्याप्सुलसहित ठमेल ज्याठास्थित एक होटलबाट उनलाई पक्राउ गरेको हो। कोकिनका क्याप्सुलहरू खेलौनाभित्र लुकाइ छिपाई गरी राखिएको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ। बरामद क्याप्सुलको तौल १ किलो ८८ ग्राम रहेको छ। यसको बजार मूल्य अन्दाजी ३ करोड ८० लाख हुन आउने प्रहरीले जनाएको छ।
कोकिनसहित पक्राउ परेका विदेशी नागरिकमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको छ।