महाकालीको पानी पनि आधा–आधा हुने सन्धिमै स्पष्ट छ : सभापति देउवा

महाकालीको पानी पनि आधा–आधा हुने सन्धिमै स्पष्ट छ : सभापति देउवा

कञ्चनपुर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सत्तामा रहँदा कालापानीको विषय जोडदार रूपमा उठाएको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा शनिबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका उहाँले वर्तमान सरकारले लिपुलेक, लापानीलगायत सीमा अतिक्रमणका विषय सशक्त रुपमा उठान नगरेको आरोप लगाए ।

महाकाली सन्धिमा महाकाली नदी सीमा नदी उल्लेख गरिएको दाबी गर्दै महाकालीको पानी पनि आधा–आधा हुने सन्धिमै स्पष्ट रहेको बताए ।त्यस्तै उनले सरकाले राष्ट्रवादको नारा दिए पनि त्यसअनुसार काम गर्न नसकेको आरोप लगाए ।