कांग्रेस–एमालेलाई सांसद सिंहको कटाक्ष– त्रिविको जग्गा आधाआधा बाँड्नू

कांग्रेस–एमालेलाई सांसद सिंहको कटाक्ष– त्रिविको जग्गा आधाआधा बाँड्नू

काठमाडौं । सांसद अमरेश सिंहले नेपाली कांग्रेस र नेकपा (एमाले)लाई  त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा आधाआधा बाँड्नू भन्दै कटाक्ष गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले त्रिविको सम्पत्तिमा पार्टी कार्यालय बनाउनू भन्दै व्यंग्य गरे । “त्रिभुवन विश्वविद्यालयको दशा दुईवटा दलले गरेको छ । दुई दलले आधाआधा सम्पत्ति बाँडौँ र पार्टी अफिस बनाऔँ,” उनले भने । उनले दुई दलले विद्यार्थीलाई विदेश लखेटेको भन्दै पार्टीका नाममा जग्गा दर्ता गराए हुने बताए 

उनले भ्रष्टाचारका मुद्दामा हदम्याद राख्न नहुनेमा पनि जोड दिए । “पाँच वर्षको समय दिएर भ्रष्टाचारीलाई जोगाउन खोजिएको हो ? यो राख्नु हुँदैन,” उनले भने ।