पहिरोमा ज्यान गुमाएका परिवारलाई  प्रतिव्यक्ति एक लाख दिने मुख्यमन्त्रीको घोषणा

पहिरोमा ज्यान गुमाएका परिवारलाई  प्रतिव्यक्ति एक लाख दिने मुख्यमन्त्रीको घोषणा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बझाङमा पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई राहत दिने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले एक वक्तव्य जारी गर्दै प्रदेश सरकारले प्रतिव्यक्ति एक लाखको दरले राहत दिने जनाएका हुन् ।

उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । गएराति अविरल वर्षाका कारण घरमा पहिरो खस्दा बुङ्गल नगरपालिका–१० स्थित एकै परिवारको चार जनाको ज्यान गएको थियो ।

पहिरोमा पुरिएर धामीकी श्रीमती ५५ काली धामी, जेठी बुहारी २५ वर्षीया गोल्की, नातिनीहरू छ वर्षीया आकृति र तीन वर्षीया लक्ष्मी धामीको ज्यान गएको छ । घटनामा परी छ जना घाइते भएका छन् । पहिरोमा परेको परिवारको तत्काल उद्धार र राहतका लागि निर्देशन दिएको मुख्यमन्त्रीले जनाएका छन् ।