पार्टीभित्र एक्लिँदै प्रचण्ड

पार्टीभित्र एक्लिँदै प्रचण्ड

काठमाडौं। सत्ताका लागि मरिहत्ते गर्ने पुष्पकमल दाहाल प्रचण्ड एक्लिँदै गएका छन्। सत्ता छाडेर बाहिरिएपछि उनी पार्टीभित्रै एक्लिँदै गएका हुन्।

त्यसैले त सत्ताको नेतृत्वबाट हालै बाहिरिएको तेस्रो ठलो दल नेकपा माओवादी केन्द्रभित्र नेतृत्वको आलोचनामात्र होइन, नेतृत्वको दाबी गर्ने, पार्टीभित्र समानान्तर अभ्यास गर्ने कसरत सुरु भएको छ।

सत्ता राजनीतिमा ‘अस्थिर’ र पार्टी राजनीतिमा स्थायी अध्यक्षको आरोप खेप्दै आएका प्रचण्डलाई हटाएर नेतृत्व लिने र सामानान्तर गतिविधि गर्नेसम्मका कार्य शरु भएका हुन् सत्ताबाट बाहिरिएपछि पार्टी राजनीति सम्झेका प्रचण्डले निरन्तर विभिन्न बैठकहरु राख्ने पार्टीका आन्तरिक गतिविधि र भेलामा सहभागी हुने तथा प्रशिक्षणहरु दिने काम गरिरहेका छन्।

त्यस क्रममा साउन ११ गतेदेखि केही दिन चलेको पार्टी पदाधिकारी बैठकमा पार्टीको भविष्यलाई लिएर व्यापक छलफल भयो। कतिपय पदाधिकारीले पार्टीको अस्तित्व संकट औंल्याएका थिए भने कतिपयले सरकारबाट बाहिरिनुलाई पार्टी पुनर्गठनको अवसरका रूपमा लिनपनु धारणा व्यक्त गरेका थिए।

तर यो बैठक प्रचण्डकै लागि प्रत्युत्पादक बन्यो। सरकारबाट बाहिर आएपछि नेकपा एकीकृत समाजवादीसहित समाजवादी मार्चा ब्यूँताएका अध्यक्ष प्रचण्डले सशक्त प्रतिपक्षीय भूमिकामा रहने बताएका थिए। कतिपय सन्दर्भमा जनतामाझ जाने चाहना पनि व्यक्त गर्दै आएका थिए।

आफनो नेतृत्वको सरकारको पालामा भएका रामा कामको प्रचार गर्ने र कांग्रेस–एमाले गठबन्धनको भण्डाफोर गर्ने सोच उनमा बन्दै गएको देखिन्थ्यो। आफ्नो पार्टीको सहमति बिना कांग्रेस-एमालेले चाहेर पनि सविधान संशोधन गर्न नसक्ने हुँदा अध्यक्ष प्रचण्ड सत्ता गुमेपनि खासै निराश हुनु नपर्नेे भन्दै नोहरुलाई आश्वस्त पार्न खोजिरहेका थिए।

यही क्रममा पार्टीभित्र फरक धारणा राख्दै आएका प्रचण्डका राजनीतिक सल्लाहकार रहेका हरिबोल गजुरेलले बैठकमा पदाधिकारीले सामूहिक राजीनामा दिनुपर्ने पदाधिकारीहरुले बैठकमा राजीनामा नदिए पनि उनी एक्लैले राजीनामा दिएर तरंग नै ल्याइदिए।

उनले सबै पदाधिकारीलाई आ-आफ्नो पदबाट राजीनामा गर्न आग्रह गरेका थिए । गजुरेल लामो समयदेखि अध्यक्ष प्रचण्डनिकट रहेका नेता मानिन्थे । तर केही वषयता उनी प्रचण्डसँग असन्तुष्ट देखिन्छन्।

उनले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाटसमेत राजीनामा दिएका थिए । उनले पार्टीभित्रको संरचना भन्दा पनि प्रचण्डको पारिवारिक घेराबन्दी देखेर राजीनामा दिएका थिए। खासगरी पचण्डको स्वकीय सचिवालयमा रहेकी प्रचण्ड पुत्री गंगा दाहाल र उनको पारिवारिक कारणले राजीनामा दिएर निस्कका थिए। यो विषयले पनि पार्टी बैठकमा केही समय प्रवेश पाएको थियो।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको माओवादीको जनमत त्यसयताका सबै निर्वाचनमा निरन्तर खस्किँदै गएको छ । यसले पार्टी पंक्तिले आत्मविश्वास कमजोर हुनुका साथै भविष्यको चिन्ता छाएकोे बताए पनि जनता माझ जाने कि सत्तामै फर्किने भन्ने विषयले प्रचण्डलाई अलमल पारेको बेला नारायणकाजी श्रेष्ठले पार्टीको नेतृत्व छाडे आफूहरु सम्हाल्न तयार रहेको बताएर अर्को तनाव सिर्जना गरिदिए।

‘अब प्रचण्डले अध्यक्ष पद छाड्न तयार भए हामी सम्हाल्न तयार छौँ भन्ने सन्देश जानु आवश्यक छ’, श्रेष्ठले पदाधिकारी बैठकमा भनेका थिए। प्रचण्डले आफ्नो प्रधानमन्त्रीत्वको तेस्रोे कायकाललाई विशेष उपलब्धिमुलक र लामोे बनाउने बताउँदै आए पनि पार्टीले त्यसलाई अपनत्व लिन सकिरहकोे छैन। उपमहासचिव हरिबोल गजुरेलले भने राजीनामामार्फत नेतृत्वमाथि नैतिक दबाब दिन खोजेको देखिन्छ ।

राजीनामाले महान् यात्रामा लामबद्ध हुन नैतिक बल प्रदान गर्दछ भन्ने उनको दाबी छ । राजीनामालाई उनले आफ्नो भागको ‘नैतिक जिम्मेवारी’ भनेका छन्। उनले पार्टीको आन्तरिक लोकतन्त्रमाथि प्रश्न खडा गरिदिएका छन्। ‘हामीलाई यतिखेर चुनबाङभन्दा अझ स्तरीय बैठक चाहिएका हो। मल्हमपट्टी होइन, शल्यक्रिया नै चाहिएका हो, पार्टी माक्र्सवादी विचारधारा र सर्वहारा वर्ग पक्षधरताबाट च्युत हुँदै गएको कारण यस्तो स्थिति आयो’, उनले भनेका थिए।

उनले लामो समयपछि पार्टीमा आफ्नोे धारणासमेत राखेका थिए। गजुरेल पछि सुषुप्तु रुपमा अर्का प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकर पनि अध्यक्ष प्रचण्डको कार्यशैलीसँग असन्तुष्ट मात्र छैनन् उनले सिंगो पार्टीभित्र समानान्तर गतिविधि गरिरहका छन्। उनले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको नेताहरुलाई समेटेर पार्टी अध्यक्षले गलत गरेको भन्दै पार्टीलाई पुनर्जागृत गराउने अभियानमा लाग्नु पर्ने बताउँदै आएका छन्।

यदाकदा उनले पार्टी विभाजन गर्ने तयारी गर्न थालेकोसमेत चर्चा चल्ने गरेको छ । तर शर्मा निकट स्रोतका अनुसार उनी पार्टी विभाजन गर्ने मनस्थितिमा छैनन् । पार्टीभित्रै समानान्तर गतिविधि अगाडि बढाउने, आफ्नो गुट र स्वीकार्यतालाई फराकिलो पार्ने र उचित अवसरमा नेतृत्वका लागि पहलकदमी लिने मनस्थितिमा रहेका कारण पनि उनी यतिबेला चुपचाप बसिरहका छन्।

मूलतः महासचिव हुन चाहेका शर्मालाई देव गुरुङलार्ई अघि सारेर रो किएको थियो। उनी देशव्यापी रूपमा पार्टीभित्रका सम्भावनायुक्त युवा नेतासँग संवाद गर्ने, पार्टीभित्रको आन्तरिक शक्ति सन्तलनलाई धैर्यतापूर्वक बदल्ने सोचमा रहेका छन्।

प्रचण्डप्रति शर्मा र गजुरेल असन्तुष्ट हुँदा उपाध्यक्ष श्रेष्ठ भने अध्यक्ष प्रचण्डमाथि थप दबाब बढाएर नेतृत्वमा पुग्ने कसरतमा लागेको स्रोतको दाबी छ । तर श्रेष्ठ जनयुद्धकालीन नेता नभएको हुँदा पार्टीभित्र उनको स्वीकार्यता र समर्थनमा निकै कम नेता र कार्यकर्ता रहेका छन्। यता प्रचण्डले भने निरन्तरको नेतृत्वबाट बाहिरिनु पर्ने चिन्ताका कारण नेताहरुलाई २०८४ सालसम्म प्रधानमन्त्री नबन्ने आश्वासन दिएका छन्।

पद पाए सरकारमा गइहाल्न र सर्वहारा वर्गका हकहितलाई तिलाञ्जली दिएका प्रचण्डले पाटीमा एक्लिनु पर्ने अवस्था आउने मूल्यांकन गररे २०८४ सम्म प्रधानमन्त्री नहुने बताएका हुन्।