राजस्व छलीमा एएस इन्टरप्राइजेजमाथि दश करोडको मुद्दा, सञ्चालक गौतम पनि विपक्षी

राजस्व छलीमा एएस इन्टरप्राइजेजमाथि दश करोडको मुद्दा, सञ्चालक गौतम पनि विपक्षी

काठमाडौँ: राजस्व अनुसन्धान विभागले नक्कली बिल बिजकका आधारमा राजस्व छली गरेको आरोपमा एएस इन्टरप्राइजेजमाथि करिब दश करोडको मुद्दा दायर गरेको छ । कम्पनीका सञ्चालक सुनील कुमार गौतमलाई पनि मुद्दामा विपक्षी बनाइएको छ।

विभागले शुक्रबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले कूल ९ करोड ९५ लाख ६२ हजार ९४१ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले विपरीत कसुर गरेको भन्दै विभागले कसुरदारसँग बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय दाबी गर्दै मुद्दा दायर गरेको हो।