मन्त्रिपरिषद बैठकले नियुक्त गरेका योजना आयोगका ७ सदस्य

मन्त्रिपरिषद बैठकले नियुक्त गरेका योजना आयोगका ७ सदस्य

काठमाडौँ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षसहित सातै जना सदस्य नियुक्त गर्ने निर्णय गरेको छ।

उपाध्यक्षमा त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख शिवराज अधिकारीलाई नियुक्त गरिएको एक मन्त्रीले  जानकारी दिए।अधिकारी यसअघि पनि योजना आयोग सदस्यमा मनोनीत भएका थिए। ती मन्त्रीले दिएको जानकारीअनुसार आयोगका सदस्यहरू पनि नियुक्त गर्ने निर्णय भएको छ। 

आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन  र गंगादत्त अवस्थीलाई योजना आयोग सदस्यमा नियुक्त गर्ने निर्णय भएको ती मन्त्रीले जानकारी दिए।