दुर्घटनाको कारण बुझ्ने भन्दै  विमानस्थलमा पुगेका प्रधानमन्त्रीले दिए यस्तो प्रतिक्रिया

दुर्घटनाको कारण बुझ्ने भन्दै  विमानस्थलमा पुगेका प्रधानमन्त्रीले दिए यस्तो प्रतिक्रिया

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको विमान दुर्घटना स्थलको निरीक्षण गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम पुगेर ओलीले घटनास्थलको निरीक्षण गरेका हुन्। 

‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ,’ दुर्घटना स्थलको निरीक्षणपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ। यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु।’

बुधबार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीकाअनुसार जहाजमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको हो।