उद्योगमा काटिएको  लाइन आजै साँझदेखि जोड्ने प्राधिकरणको निर्णय

उद्योगमा काटिएको  लाइन आजै साँझदेखि जोड्ने प्राधिकरणको निर्णय

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन महसुल नतिरिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकबाट त्यस्ता ६ वटै उद्योगमा लाइन जोड्ने निर्णय गरिएको हो ।

तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः वक्यौता असुल उपर गर्न कारवाही अगाडि बढाउने गरी हाललाई उद्योगहरुको विद्युत लाईन जोडने निर्णय भएको प्राधिकरणको भनाइ छ । 

प्रचण्ड नेतृत्वको सरकार हुँदा प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्न सुरु गरेको थियो । तर, सरकार परिवर्तन सँगै प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन जोड्न निर्देशन दिएका थिए । लगत्तै आयोगले पत्राचार गरेपछि प्राधिकरण पूर्ववत् निर्णयबाट ब्याक हुन बाध्य भएको हो ।