बागमतीमा मन्त्रालय भागवण्डामा एमाले र कांग्रेसबीच विवाद, मुख्यमन्त्री दाबी पेश रोकियो

बागमतीमा मन्त्रालय भागवण्डामा एमाले र कांग्रेसबीच विवाद,  मुख्यमन्त्री दाबी पेश रोकियो

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डामा विवाद भएको छ । भागवण्डा नमिल्दा मुख्यमन्त्रीमा दाबी गर्न ढिलाइ भएको छ ।

आइतबार नै दाबी गर्ने भनिए पनि भागवण्डाका कारण सोमबार दिउँसोसम्म पनि हुन सकेको छैन । कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामालाई मुख्यमन्त्री बनाउने तयारी छ ।

सोमबार कार्यालय खुल्नासाथ प्रदेश प्रमुख समक्ष दाबी गर्ने तयारी भए पनि मन्त्रालय भागबण्डामा सहमति जुट्न सकेको छैन ।स्रोतका अनुसार एमालेले ७ वटा मन्त्रालय माग गरेको छ भने कांग्रेस त्यसका लागि तयार भएको छैन । कुन मन्त्रालय कसले लिने भन्ने पनि टुङ्गो लाग्न सकेको छैन ।

ठूला भनिएका मन्त्रालयमा दुवै दलले दाबी गरेका छन् । कांग्रेसले एमालेलाई ६ वटा मन्त्रालयमा मनाउन प्रयास गरिरहेको छ ।नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शालिकराम जम्कट्टेलले आइतबार राजीनामा दिए लगत्तै प्रदेश प्रमुखले साउन ८ गते ५ बजेभित्र बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

टेको भन्ने खुलाएका छैनन् । उनले दुवै दलका नेता बसेर २ मन्त्रालय टुंग्याउने जानकारी दिए ।