काठमाडौंं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले नयाँ गठबन्धनको औचित्यलाई लिएर प्रश्न गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतमाथिको छलफलका क्रममा उनले गठबन्धन तोड्नुको पुष्टि हुन नसक्ने बताए । नेपालले ओली र यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच 'स्वर्ग वा नर्क सँगै जाने' भनेर दिएको वचनमाथि व्यंग्य हाने ।
“गठबन्धन तुरुन्त तोडेर अर्को सहकार्य केका लागि जरुरी थियो रु त्यसमा पनि पाँच वर्ष सँगै जाने । स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने । सुन्दै आनन्द लाग्ने कुरा । आफू स्वर्गतिर लाग्यो । अर्कोलाई लात्ति हिर्काएर नर्कतिर पुर्यायो । यसरी वचन दिएको सुन्नमा आएको छ । अचानक किन गठबन्धन फेरियो ? ,” उनले भने ।
उनले अघिल्लो साँझसम्म ओत लागेको गठबन्धन सरकार भोलिपल्टको मिर्मिरेअघि नै ढालेर स्थिरताको कुरा गरिएको बताए । नेपालले राजनीतिक स्थिरताका नाममा अर्को जंगबहादुर नखोजिएको पनि बताए । उनले शक्तिको केन्द्रीकरणबाट स्वेच्छाचारिता जन्मिने बताए ।
“भोलि पछुताउनु नपरोस् । नेपाल जस्तो भूराजनीतिक संवेदनशीलता भएको बहुलता भएको देशमा निर्वाचित नै किन नहोस् । एउटा व्यक्तिगको स्वेच्छाचारी शासन सम्भव छैन,” उनले भने ।