काठमाडौं । विश्वभरका विमानस्थलहरूमा आइटी समस्याको कारण सकसमा पुगेका छन् । बेलायती, अमेरिकी तथा रुसी मिडियाहरूको समाचार अनुसार आइटीको कारणले यस्तो समस्या भएको बताइएको छ ।
बीबीसीका अनुसार कयौँ उडानहरू रद्द भएका छन् । सञ्चार सेवाले काम गर्न छोडेको छ । बेलायतको स्काइ च्यानलले आफ्नो लाइभ गर्न नसकेको बताएको छ । यस्तै रुसी विश्व च्यानल आटीका अनुसार अमेरिका, जर्मनी, स्पेन, बेलायत लगायतका देशहरूमा सञ्चार क्षेत्रमा समस्या आउँदा समस्या भएको हो ।
विमानस्थल मात्रै होइन पूर्वाधार, बैंक तथा सञ्चार क्षेत्रमा पनि यस्ता समस्या देखिएको आरटीले उल्लेख गरेको छ । तर, यो घटनालाई प्राविधिक कारणले हो वा कुनै ह्याकिङ आक्रमणको कारणले हो भनेर कुनै खुलासा गरिएको छैन । रुस तथा चीनमा भने यस्तो समस्या आएको सार्वजनिक भइसकेको छैन ।