काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराए ।
कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गरेका थिए । कांग्रेस एमाले गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समेत साथ छ । प्रधानमन्त्रीको रूपमा सिंहदरबारमा योसहित ओलीको चौथो इन्ट्री हो ।
तीन वर्षअघि अर्थात् २०७८ असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताच्यूत भएका थिए । सोही परमादेशले देउवालाई पाँचौपटक प्रधानमन्त्री बनाएको थियो । यसपटक उतै देउवाको समर्थनमा ओली प्रधानमन्त्री बनेका छन् ।
यस्तो छ २२ सदस्यीय मन्त्रिपरिषद
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषदको गठन गरेका छन् । उनको मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरू रहेका छन् ।
मन्त्रिपरिषदमा कांग्रेस र एमाले सहित ४ वटा दलको प्रतिनिधित्व रहेको छ । कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपा नेपालबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् ।
यस्तो छ ओली क्याबिनेट
विष्णु पौडेलः उपप्रधानमन्त्री तथा अर्थमन्त्री
पृथ्वी सुब्बा गुरुङः सञ्चारमन्त्री
रमेश लेखकः गृहमन्त्री
शरदसिंह भण्डारीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा
डा आरजु देउवा : परराष्ट्रमन्त्री
प्रदीप यादव : खानेपानीमन्त्री
बलराम अधिकारीः भूमि व्यवस्था मन्त्री
दामोदर भण्डारीः उद्योग मन्त्री
नवलकिशोर शाहः महिला तथा बालबालिकामन्त्री
देवेन्द्र दाहालः भौतिक पूर्वाधारमनत्री
तेजुलाल चौधरीः युवा तथा खेलकुदमन्त्री
प्रदीप पौडेल : स्वास्थ्य तथा जनसंख्यामन्त्री
अजय चौरसियाः कानूनमन्त्री
बद्रीप्रसाद पाण्डे : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
रामनाथ अधिकारी कृषिमन्त्री
विद्या भट्टराईः शिक्षामन्त्री
मानवीर राईः रक्षामन्त्री
दिपक खड्काः उर्जा
राजकुमार गुप्ताः संघीय व्यवस्थामन्त्री
ऐनबहादुर शाही ठकुरीः बनमन्त्री