काठमाडौं । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको प्रथम स्मृति सभा सम्पन्न भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्मृति सभा सम्पन्न भएको हो । दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टीका नेता, कार्यकर्ताहरूले बाक्लो उपस्थिति रहेको थियो । स्मृति सभामा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं उपप्रधान एवं परराष्ट्रमन्त्री नारायाण्काजी श्रेष्ठ, ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री वर्षमान पुन, पूर्वसभामुख अग्निप्रसाद सापकोटा लगायत नेता बालुवाटार पुगेका थिए ।
उनीहरूले दिवंगत दाहालको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छासहित श्रद्धा अर्पण गरेका छन् । प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) का कारण दाहालको गत वर्ष असार २७ गते निधन भएको थियो । पार्टी कामको सिलसिलामा पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी सीता जनयुद्ध सुरू भएपछि दाहालसँगै २०५२ सालदेखि भूमिगत भएकी थिइन् ।
पार्टीभित्रका संकट र विवाद समाधानमा उनले समन्वयकारी भूमिका निर्वाह गरेको बताइन्छ ।