पहिरो र बाढीले नेपाल-चीन सीमामा पर्यटकसहित १३० जना फसे

पहिरो र बाढीले नेपाल-चीन सीमामा पर्यटकसहित १३० जना फसे

काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरो र बाढीका कारण नेपाल र चीनको सीमामा रहेको दुर्गम हिमाली क्षेत्रमा पर्यटकसहित १३० जनाभन्दा बढी फसेका छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उदृद्ध गर्दै रोयटर्सले आइतबारदेखि परेको अविरल वर्षाका कारण दुर्गम तिब्बती सहर झेन्टाङतर्फ जाने प्रमुख राजमार्गका धेरै भाग  बाढीले बगाएको र पहिरोले अवरूद्ध भएको जनाएको छ । त्यहाँ हालसम्म ३४२ जना अलपत्र परेकाहरूलाई उद्धारकर्ताहरूले अन्य सहरहरूमा सारेका छन् ।

तर, अवरूद्ध सडक, वर्षा र लामो दुरी तथा शारीरिक शक्तिको कमीको कारण करिब २,००० मिटरको उचाइमा रहेको झेन्टाङ वरपरको क्षेत्रमा पर्यटकसहित कम्तीमा १३० जना अझै फसेका छन्। बिहीबारसम्म यस क्षेत्रमा आँधीबेहरीले उद्धार कार्यमा कठिन कठिनाई सिर्जना गर्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।