काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रका सडकमा गरिने दुईपांग्रा सवारी साधनको पार्किङ्ग हटाएपछि अहिले गल्ली गल्ली र चोकहरू पार्किङ स्थलको रुपमा परिणत भएका छन् ।
विशेष गरी महानगरपालिका भित्र वसन्तपुर दरबार स्क्वायर क्षेत्रका गल्ली, काष्ठमण्डप वरिपरिका क्षेत्र, मारुहिती क्षेत्र अहिले पार्किङ्ग स्थल बनेका छन् । त्यस्तै गरि संकटा मन्दिर क्षेत्र पनि पार्किङ स्थल बनी सकेको छ ।
सांस्कृतिक नगरीको रुपमा परिचित काठमाडौं महानगरका सम्पदाहरू मोटरबाइक र स्कुटरले छोपिएको छ । यसरी गल्ली र चोकहरूमा पार्किङ गर्नाले हिड्ने सर्वसाधारणलाई असर परेकै छ भने नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले के सन्देश र सूचना लिने हो यस कुरा पनि सम्बन्धित निकायले ध्यान दिन आवश्यक देखिएको छ ।
यसको विकल्पमा महानगरले सुन्धारामा पार्किङ्गको निःशुल्क व्यवस्था गरिदिएको छ तर सुविधाको भोगी हामी नेपालीहरू एक पाइला हिँड्ने चेष्टा समेत गर्दैनौं ।