चोर समाउन प्रहरीले चलायो गोली

चोर समाउन प्रहरीले चलायो गोली

काठमाडौं । बिहीबार बिहान साढे ८ बजे डडुवा–६ शिखनपुरूवामा एक जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए। 

सरमान सिंह सरदारलाई डाँका चोरी मुद्दामा बाँके जिल्ला अदालतले २०७० असार १८ गते ६ वर्ष कैद र १२ हजार जरिवाना फैसला सुनाएको थियो। उनलाई नियन्त्रणमा लिएर ल्याउँदै गर्दा एक्कासि स्थानीयवासीले अवरोध पुर्‍याएर प्रहरीमाथि ढुंगामुढा गरेको प्रहरीले जनाएको छ। 

जबाफी कारबाहीको क्रममा प्रहरीले ३ राउण्ड गोली प्रहार गरेको थियो। स्थानीयसँग झडप हुँदा प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी घाइते छन्। हतियार खोस्न खोज्दा प्रहरीले गोली चलाएको थियो। गोली लागेर ३० वर्षीय नानक सिंह शिखको दायाँ खुट्टामा लागेको डिएसपी डाँगीले बताए। 

फरार रहेका प्रतिवादी सरमान सिंह सरदारको पनि दाहिने घुँडामा एक राउण्ड गोली लागेको थियो। घाइते तीनै जनाको भेरी अस्‍पताल नेपालगञ्जमा उपचार भइरहेको छ।