प्रचण्ड भेट्न बालुवाटार पुगे ओली

प्रचण्ड भेट्न बालुवाटार पुगे ओली

काठमाडौं । मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवासँग लिखित सहमति गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराउन र मार्ग प्रशस्त गर्न सुझाव दिनका लागि ओली बालुवाटार पुगेको बताइएको छ । यसअघि प्रधानमन्त्री र अध्यक्ष ओलीबीच सोमवार पनि २ घण्टाभन्दा बढी छलफल भएको थियो । सो छलफलमा आफूले ओलीलाई अहिलेकै गठबन्धनबाट प्रधानमन्त्री बन्न गरेको आग्रह अश्वीकार गरेको जानकारी प्रचण्डले पार्टीका नेताहरुलाई गराएका छन् ।

बालुवाटारमा अहिले माओवादी केन्द्रको पदाधिकारी बैठक समेत बस्दैछ । कांग्रेस र एमालेबीचको पछिल्लो सहमतिपछिको कदमबारे छलफल गर्न प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन् ।