एकीकृत समाजवादी महाधिवेशनः झलनाथको नेतृत्वमा अध्यक्ष मण्डल गठन, इलेक्ट्रोनिक मेसिनबाट मतदान

एकीकृत समाजवादी महाधिवेशनः झलनाथको नेतृत्वमा अध्यक्ष मण्डल गठन, इलेक्ट्रोनिक मेसिनबाट मतदान

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ ।  कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा  राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिनेछ । 

पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेज माथि छलफल गरिने जानकारी दिए। महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन् ।

महाधिवेशन सम्पन्न गर्न सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ । त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी नेताहरू डा.गंगालाल तुलाधर र डा.विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ । सोही मण्डलले महाधिवेशनको मतदान विद्युतीय माध्यमबाट गर्ने निर्णय गरेको हो ।

पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन  गर्नेछ ।