नेप्से झिनो अंकले बढ्यो

काठमाडौं : साताको अन्तिम कारोबार दिन आज शेयर कारोबार मापक नेप्से झिनो अंकले वृद्धि भएको छ । आज नेप्से ०.७९ विन्दुले बढेर ११३५.९५ बिन्दुमा पुगेको छ। आज १५४ वटा कम्पनीबाट ८ लाख ३३ हजार ८ सय ८१ कित्ता सेयर खरिद बिक्रि भएको छ।जसबाट २२ करोड ८३ लाख ५७ हजार ४ सय ९३ रुपैया बराबरको खरिद बिक्रि भएको छ।

आज नेप्से सेन्सेटिभ इण्डेक्स ०.११ अंकले घटेको छ । कारोबारको अन्तिम दिन आज सबै भन्दा बढि साल्ट ट्रेडिङ्ग कर्पोरेसन र पाँचथर पावर कम्पनिका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा कमाएका छन् भने गुमाउनेमा ग्लोबल समुन्नत स्किम १ , आखुखोला हाइड्रोपावर ,रिडि हाइड्रोपावर कम्पनिका लगानीकर्ताले करिब ६.५ प्रतिशतकोे हाराहारीमा गुमाएका छन्।