कोशीबारे सर्वोच्चमा बहस सकियो, आजै फैसला आउने

कोशीबारे सर्वोच्चमा बहस सकियो, आजै फैसला आउने

काठमाडौं । कोसी प्रदेश सरकार विवादमा परेको रिटमाथिको बहस सकिएको छ । सोमबार नै प्रतिवादी हिक्मतकुमार कार्कीका तर्फबाट बहस सकिए पनि अन्तिममा कोसी प्रदेशमा एमाले सांसद समेत रहका रेवती रमणले समय मागेका थिए । 

मंगलबारको सुनुवाइमा पहिलो बहस भण्डारीले गरेपछि प्रतिवादीतर्फको बहस सकिएको हो । प्रतिवादीको बहस सकिएसँग उनीहरूले उठाएका प्रश्नमा रिटकर्ता तत्कालीन मुख्यमन्त्री केदार कार्कीका तर्फबाट जवाफी बहस भएको थियो । जवाफी बहस वरिष्ठ अधिवक्ताहरू बद्रिबहादुर कार्की, हरिहर दाहाल, गोपालकृष्ण घिमिरे र अधिवक्ता ललित बस्नेतले गरेका थिए । 

बहस सकिएपछि दुवै पक्षका अधिवक्ताहरूले सर्वोच्चको पूर्ण इजलासमा फैसला कहिले हुन्छ भन्दै न्यायाधीशहरूलाई प्रश्न गरेका थिए । न्यायाधीशहरूले हामी भित्र गएर निर्णय गर्छौँ मात्र भनेको अधिवक्ता बस्नेतले जानकारी दिए । 

गत वैशाखमा सरकार परिवर्तन पछि परेको रिट जेठ ३१ यता सर्वोच्च अदालतका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको पूर्ण इजलासमा ‘हेर्दाहेर्दै’मा राखेर सुनुवाइ भएको हो ।