आज यी नदीमा आकस्मिक बाढीको जोखिम,उच्च सतर्कता अपनाऔँः बाढी महाशाखा

आज यी नदीमा आकस्मिक बाढीको जोखिम,उच्च सतर्कता अपनाऔँः बाढी महाशाखा

काठमाडौँ ।  आज देशका १५ जिल्लाका नदीरखोलामा बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्ककता अपनाउन सुझाव दिएको छ।  

महाशाखाले एक सूचना जारी गर्दै आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ, अर्घाखाँची, गुल्मी र आसपास भई बहने केही स९साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको उल्लेख गरेको छ । 

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।