मन्त्रिपरिषद् बैठकले गर्‍यो महत्त्वपूर्ण निर्णय

मन्त्रिपरिषद् बैठकले गर्‍यो महत्त्वपूर्ण निर्णय

काठमाडौँ । सरकारले मुख्यसचिवबाट निलम्बित वैकुण्ठ अर्यालको सरुवा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकबाट राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी उनलाई त्यहाँ सरुवा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

उनले अर्यालको अवधिभर उक्त विशेष पद कायम रहने जानकारी गराइन् । अर्यालविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।

त्यस्तै सरकारले आर्थिक वर्ष २०८०–८१ मा स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ । 

शर्माका अनुसार ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएको ९३ प्रतिशत हुने गरी रु १६ अर्ब ९९ करोड २२ लाख स्थानीय तहले पाउने छन् ।

वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरणको माग गर्दै देशभरका जनप्रतिनिधिहरूले माग गर्दै आएका थिए ।