पोषराज पोखरेललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस

पोषराज पोखरेललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस

काठमाडौँ । नेपाल प्रहरीमा जनपद समूहतर्फका डीआईजी पोषराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार बिहान बसेको बढुवा समितिको बैठकले पोखरेलाई बढुवा गर्न सिफारिस गरेको हो । 

पोखरेल उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छन् । एआईजी उमेशराज जोशी असार १९ बाट अवकाशमा जाँदैछन् । 

जोशीको स्थानमा पोखरेलाई बढुवा सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।