यी प्रदेशमा भारी वर्षा, बाढी, पहिरो तथा भूक्षयकाे जोखिम, सर्तकता अपनाउन मौसमबिदको आग्रह

यी प्रदेशमा भारी वर्षा, बाढी, पहिरो तथा भूक्षयकाे जोखिम, सर्तकता अपनाउन मौसमबिदको आग्रह

काठमाडौँ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। देशका बाँकी भूभागमा स्थानीयसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ।

यतिबेला (मंगलबार बिहान) कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदलीदेखि पूर्ण बदलीको अवस्था छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। अहिले कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेशसहित देशका बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

आज राति पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ। राति कोसी प्रदेशका केही तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा देशका बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा  तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तसर्थ यस कारण ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।