काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघमा खटिएका नेपाली सेनाका एक महासेनानीलाई जंगीअड्डाले नेपाल फिर्ता बोलाएर थुनामा रोखको छ ।
छानबिनका लागि कोर्ट अफ इन्क्वायरी गठन भएपछि जंगीअड्डास्थित सैनिक प्रहरीले प्रमुख सेनानी धिरेन्द्र कुमार मल्ललाई हिरासतमा लिएको हो । सैनिक प्रवक्ता गौरवकुमार केसीले मल्ललाई नियन्त्रणमा लिइएको पुष्टि गरेपनि कारण बताएनन् । उनले भने, ‘हिरासतमा राखेर अनुसन्धान भइरहेको हो, विषय चाहिँ अहिले मलाई जानकारी भएन ।’
मल्ल अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघमा नेपाली सैनिकबाट प्रतिनिधिका रुपमा कार्यरत थिए । उनीबारे उजुरी परेपछि छानबिन गर्ने क्रममा जंगीअड्डाले मल्ललाई फिर्ता बोलाएको थियो । काठमाडौं आउने वित्तिकै नियन्त्रणमा लिइएको सैनिक स्रोतले जनाएको छ । कोर्ट अफ इन्क्वायरीको छानबिनपछि सैनिक अदालत गठन भएर मुद्दा प्रक्रिया अघि बढ्ने प्रावधान छ ।