अलिबाबाको एकै दिनमा रेकर्ड सेल

अलिबाबाको एकै दिनमा रेकर्ड सेल

एजेन्सी : चीनको वार्षिक एकल दिन अनलाइन शपिंग बोनन्जाले अलिबाबाको लागि रेकर्ड ३८ बिलियन डलर ल्यायो। देशको सबै भन्दा ठूलो ईकमर्स कम्पनिले अघिल्लो वर्षको रेकर्डलाई १६ घण्टामा नै उछिनदै नयाँ रेकर्ड भनाउन सफल भएको छ । उसले एकै दिन २६८ अरब युआन अथात ३८ अर्ब डलर को व्यापार गरेको छ। यो गत वर्षको भन्दा २५% ले वृद्धि भएको हो ।

यो अनलाइन सेल भनेको अमेरिकाको ब्लैक फ्राइडे र साइबर सोमबार दुइटै भन्दा ठुलो सेल हो।
अलिबाबाले २००९ मा एकल दिवस छुट प्रदान गर्न सुरु गर्‍यो र त्यस दिनदेखि चीनमा अनलाइन शपिंगको २४ घण्टा बोनन्जामा परिणत भएको छ।

अन्य चिनियाँ ई कमर्स कम्पनिहरुले भाग लिएका थिए र कार्यक्रम चीनभन्दा बाहिर निकै ख्याति प्राप्त गर्न सुरु गरिरहेको छ। अलीबाबाको दक्षिण पूर्व एसिया देशहरू सिंगापुर, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र भियतनामलाई एकल दिवस चारी छुट प्रदान गदै आएको छ। नाइके र ब्रुक्स ब्रदर्स जस्ता ब्रान्डहरूले संयुक्त राज्य अमेरिकामा उनीहरूको वेबसाइटमा एकल दिवस छुट प्रदान गरदै आएका छन् ।